‘माफ गर्नुस् आमा विभेद अन्त्य भएको तस्बिर देखाउला’ : दीपकराज भट्ट

संसार को एक सुद्ध शब्द हो `आमा´

‘माफ गर्नुस् आमा विभेद अन्त्य भएको तस्बिर देखाउला’ : दीपकराज भट्ट

संसार को एक सुद्ध शब्द हो `आमा´

Dipak Raj Bhatta
  • दीपकराज भट्ट (दिपु)  –  डडेल्धुरा
आमा, मा ,माता जसले सन्तान लाई जन्म मात्र दिने गर्दैनन् । संसारमा कोही स्वार्थी छैन भने त्यो शब्द हो `आमा´, अमाले हरेक सन्तानका लागि आफू भन्दा बढी उसलाई ख्याल गरेको हुन्छ । एउटि आमा जब गर्भवती हुन्छिन् तब उनको मनमा सोच पलाई सक्काे हुन्छ कि म मेरो सन्तान लाई कसरी राम्रो बनाऊ र उसले मेरो नाम कसरी राख्ने भनेर ? हरेक अमाले भुर्र देखि आमाको आफ्नो सास रहँदा सम्म सन्तानको ख्याल गर्नु हुन्छ , आफूले नखाएर, नलाएर, नदेखेर सन्तानलाई खुवाउने ,लगाउने,देखाउने गर्नुहुन्छ । संसार को एक सुद्ध शब्द हो `आमा´
आज आमाको मुख हेर्ने दिन (औँसी) 
आमा हरेक सन्तानले हरेक आमाको मुख सधैँ हेराेस , आज फेसबुकमा ( सामाजिक सञ्जालमा ) राखिएका हरेका आमालाई बृद्धअबश्था मा बृद्ध अाश्रममा देख्नु नपराेस यही छ मेरो आमाको मुख हेर्ने दिनको सबै सन्तानमा शुभकामना । अमाले सन्तानका लागि राम्रो नै सोच्नुहुन्छ यो जरुरी छ कि हरेक सन्तानले आमा लाई आमाको जसरी नै माया , सम्मान र सद्भाव राखाेस
सामाजिक सञ्जालमा राखिएका ती खसिला मुहारमा सधैँ हासाे मिलाेस यकिन खोजी खोजी फोटो हाल्नु नपराेस हरेक सन्तानले आमा लाई दिलमा राखुन् !
`आमा´
छोरा भए खसी छोरी भए फर्सी भन्ने समाजमा आज आमाहरूका तस्बिर देख्दा लाग्छ कि केही चेतना बढ्यो कि ! छोरी छोरा प्रति हेर्ने नजर एक हुन लाग्यो कि ? हो यो समउमा पनि छाेरि छाेरा प्रति विभेद गर्नु नै अपराध हो  यस्तो सोच हुनेले आमाका तस्बिर पाेस्ट्याउनुले कुनै धर्म निभाउदैन् केवल त्यो देखावटी हुनेछ ।
दियो बल्न नपाउँदै निभाई दिने समाजले कहिले बुझ्ला यी कलिली आमाको महत्त्व जब भुर्र परीक्षण गरिन्छ डाक्टरले रिपोर्ट दिँदा त भन्छन् बधाई छ तपाईँको गर्भमा छारि छिन् आमा लाई श्रीमान , घरकाका अभिभावक , समाजको प्रश्न हुन्छ ? के छ तेरो गर्भमा आमा खुसी हुँदै भन्नुहुन्छ छोरी छ । एकाएक निराश जनक मुख देखाउँदै सबै जना टाढिनुको पीडा केवल त्यी आमा लाई मात्र थाहा हुन्छ।
अमाले चाहने घर समाजले नचाहाने बाध्यता रहेको समाजका नागरिक हौँ हामी अनि आमा यस्तो समाजमा जन्मेको म तपाईँको छोराले हजुर को तस्बिर सामाजिक सञ्जालमा राख्न मलाई अपराध सरह लाग्यो । आमा हजुर लाई यो मनमा राखेको छु , चाहन्छु छाेरिछाेराका विभेद अन्त्य भएको दिन आमाको तस्बिर सामाजिक सञ्जालमा राख्दा मेरो मनले शान्ति अनुभूति र आम प्रतिको सम्मान स्वीकार गर्ने छ ।
सबै लाई आमाको मुख हेर्ने दिनको शुभकामना आमाको फोटो सामाजिक सञ्जालमा राख्नु अगाडि आत्माले सङ्कलन गह्रौँ कि छाेरिछाेरा प्रति कुनै विभेद गर्ने छैन र आमालाई मनमा राखी राख्ने छु । संसारका सबै  आमा मा नमन आमाको मुख हेर्ने दिनको शुभकामना !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार