‘साथी किन बसेको चुप लागेर’ – कविता : हेनरी हर्क 

जोगाउनु छ आफू जन्मिएको माटो  अस्मिता अनि अस्तित्व सँगै  रक्षा गर्नु छ, नेपाल आमाको 

हेनरी हर्क पुर्वीचौकि गाउँपालिका ३ डोटी

साथी किन बसेको चुप लागेर
दुष्मनले हमला गरिसक्यो
जोगाउनु छ आफू जन्मिएको माटो
अस्मिता अनि अस्तित्व सँगै
रक्षा गर्नु छ, नेपाल आमाको
साथी किन बसेको चुप लागेर !

चलाउनु छ कलम लेख्नु छ दुई शब्द
हटाउनु छ विकृति विसङ्गति अन्धकार
न्याय गरी भोका र नाङ्गालाई
चम्काउनु छ त्यो निराशाको मुहार
साथी किन बसेको चुप लागेर !

कसरी सक्छौ मौन बस्न
फालिदेऊ तिम्रो मनभित्रको डरलाई
क्रान्ति गर्ने बेला भइसक्यो अब
आफू मरेर भएनि बचाउनु छ देशलाई
साथी किन बसेको चुप लागेर !

बलात्कारीलाई मारिदे आफू नबन
अन्याय अत्याचार सँग लड् मसँग होइन
जिउँदै होइन अब मरेर बाच्
सक्छस् मृत्यु रोज जीवन होइन।
साथी किन बसेको चुप लागेर !

घाम झुल्की सक्यो
नसराप अँध्यारोलाई मैनबत्ती जला
बिहानी भइसक्यो उठ् अब
मन छ भने आफूसँगै अरूलाई बचा
साथी किन बसेको चुप लागेर !

खियाउँदै दस नङ्ग्रा
बगाउँदै पसिना लड्दै छु देशको लागि
बिर्सन्छु तब म आफूलाई
जब सोच्दछु मेरो देशको लागि
साथी किन बसेको चुप लागेर !!

  हेनरी हर्क 
   पुर्वीचौकि गाउँपालिका ३ डोटी
अध्ययन – रत्न राज्यलक्ष्मी क्याम्पसमा काठमाडौँ

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार