रहेनन् सन्देश नेपालका संस्थापक धनगढीका चटौत !

राष्ट्रिय सरोकार मञ्च सुदूरपश्चिम प्रदेश सचिव चटौतको निधन

सन्देश नेपालका संस्थापक धनगढीका चटौत
धनगढी: धनगढी निवासी सन्देश नेपाल सुधार केन्द्रका चार जना संस्थापक मध्येका एक सञ्चालक तथा राष्ट्रिय सरोकार मञ्च सुदूरपश्चिम प्रदेश सचिव नीरज प्रकाश  चटौतको निधन भएको छ । ५२ वर्षीय  चटौतको आज शुक्रवार कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ ।
सन्देश नेपाल सुधार केन्द्रका सञ्चालक चटौतले विगत लामो समय देखी लागु औषध तथा मादक पद्वार्थमा फसेका दुर्वेसनीहरुलाई त्यसबाट छुटकारा दिलाई नव जीवन र उज्ज्वल भविष्य दिन सहयोग तथा हौसला प्रदान गर्दै आइराख्नु भएको थियो ।
साथै एच.आई.भी. एड्स रोगबाट कसरी सावधानी अपनाउने र सो रोगबाट संक्रमितलाई समाजमा पुनर्स्थापना हुने लगायतका विभिन्न सामाजिक सेवाको कार्यहरू पनि गर्दै आएका थिए । उनको निधनले धनगढीले एउटा असल अभिभावक गुमाएको छ ।
चटौतको निधनमा राष्ट्रिय सरोकार मञ्चका केन्द्रीय अध्यक्ष सोमविक्रम सिंहले शुक्रवार एक शोक वक्तव्य जारी गरी यसबाट मञ्च मर्माहत भएको उल्लेख गर्नु भएको छ । भने नेपाली कॉंग्रेसकी नेत्री डा. आरजु राणा देउवा लगायतले पनि सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
उनी नेपाल महिला संघ, कैलालीकी पूर्व जिल्ला अध्यक्ष कुन्ती देवी चटौतका ज्येष्ठ सुपुत्र हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार