तिमीलाई धेरैधेरै धन्यवाद छ सरकार ! : नेत्र प्रसाद उपाध्याय

जनताले गोविन्द केसी का माग पूरा गर भने तिमीले...

नेत्र प्रसाद उपाध्याय

जनताले गोविन्द केसी का माग पूरा गर भने
तिमीले मेडिकल माफिया का माग पूरा गरेऊ।

जनताले रोग बाट बाच्न स्वास्थ्य सेना तयार गर भने
तिमीले विपक्षीबाट बच्न साइबर सेना तयार गरेऊ ।

जनताले सरकारी जग्गा निल्ने लाई खोरमा हाल भने
तिमीले सरकारी जग्गा मिच्नेलाई मन्त्रालयमा हाल्यौ।

जनताले ७० करोड घुस माग्ने माथि छानबिन होस् भने
तिमीले त्यसैलाई छानबिन समितिमा नियुक्ति गरेऊ

जनताले निर्मलाको हत्यारालाई कारबाही गर भने
तिमीले हत्यारालाई बालुवाटार भित्र लुकाएर राखेऊ।

जनताले भ्रस्टचारीमा शून्य सहनशीलता राख भने
तिमीले भ्रष्टाचारी लाई सुन्ने सहनशीलता राखेऊ।

जनताले सांसद अपहरण गर्ने लाई पक्राउ गर भने
तिमीले राहत बाँड्ने अभियानतालाई पक्राउ गरेऊ।

जनताले पहिला कोरोना खोपको ब्यवस्था गर भने
तिमीले पहिला कमिसनको व्यवस्था गर भनेऊ।

जनताले सरकार अक्सिजन बोकेर गाउँ आऊ भने
तिमी सांसद बोकेर बुढानीलकण्ठ ,सितलनिवास गयौँ ।

जनताले अक्सिजनका लागि वार्ता गर भने
तिमीले सत्ता टिकाउनको लागि वार्ता गरेऊ।

✍️नेत्र प्रसाद उपाध्याय

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार