दुई देशको उडान खुला गर्ने सरकारको निर्णय

अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन समेत कठिनाई

मन्त्रिपरिषद

काठमाडौँ: सरकारले दुई देशको उडान प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन समेत कठिनाई भएकाले सातामा एक/एक उडान हुने गरी प्रतिबन्ध हटाइएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै संसदबाट विस्वासको मत लिने विषय पनि छलफलमा आएको छ । तर मिति भने नटुंगिएको ती मन्त्रीले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार