एम्बुलेन्सभित्र लुकाएको १०० के.जी. गाँजा सहित २ जना पक्राउ

गाँजा सहित २ जनालाई पक्राउ

पक्राउ

सुनसरी: सुनसरी धरान उपमहानगरपालिका २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट १०० के.जी. गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

सोमवार बेलुका ७ बजे अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदैँ गरेको को१च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५र२५ के.जी, को ४ वटा झोलामा १०० केजी लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ वर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ वर्षीय पोशन राईलाई पक्राउ गरिएको छ ।

पक्राउ गरिएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीको भाइ रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार