चिनियाँ खोपलाई आपतकालीन प्रयोग गर्न डब्ल्यूएचओको अनुमति

कोरोना विरुद्धको खोप

काठमाडौं । कोभिड १९ विरुद्धको चिनियाँ कम्पनी सिनोभ्याकको खोपलाई आपतकालीन प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुमति दिएको छ ।

डब्ल्यूएचओले आपतकालीन प्रयोगका लागि अनुमति दिएको सो खोप १८ वर्ष उमेर माथिकालाई लगाउनुपर्ने जनाइएको छ । उक्त खोप दुइ डोज लगाउनुपर्ने हुन्छ । पहिलो डोज लगाएको दुईदेखि चार सातापछि मात्रै दोस्रो डोज लगाउनुपर्ने बताइएको छ ।

चीनको सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले कोभिड १९ विरुद्ध प्रयोग गर्न अनुमति दिइसकेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार