‘सरकार’

देशका जनता रोग र भोग सङ्ग लड्दा, तिमी...

मेलिना मल्ल
देशका जनता रोग र भोग सङ्ग लड्दा,
तिमी कुर्चीका लागि विपक्षी सङ्ग भिड्न लाग्यौ,
म कसरी तिमिलाई माया गरूँ सरकार, दिनदिनै तिमी आफ्नो स्वार्थमा झुल्न थाल्यौँ ।।
अक्सिजन, उपचार र एम्बुलेन्स नहुँदा जनता तड्पिदा,
तिमी व्यस्त थियौ अरे राजनीतिको खेल खेल्न पाउँदा ,
म कसरी तिमीलाई सम्मान दिऊ सरकार,
सयौँ जनाको श्रद्धाञ्जली को बिचमा बधाई को ध्वनि गुन्जिदा।।
आम नागरिक देखि खाडी का नेपालीले समेत एकर्का सङ्ग दुख साट्दा,
तिमिले आपसमा औषधि लगायत भ्रष्टाचार आफ्नो कमिसन बाँड्न लाग्दा,
म कसरी तिमिले लेखेको कानुन को पालना गरूँ सरकार,
त्यहीँ कानुन को तिमी ले पटक पटक चीरहरण गरेको देख्दा ।।
शब्द :-मेलिना मल्ल

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार