कविता : ‘चोख्याउने खेल’

कैंयाैले साँटे रित्तो झोला असंख्य उपहार। बेलाको बोली कपटी आवाज...

मान बहादुर जोरा

कैंयाैले साँटे रित्तो झोला असंख्य उपहार।
बेलाको बोली कपटी आवाज अन्याय व्यवहार।।
चिप्लो शब्द नोट गर्ने बानी चिम्ली जस्तो तेल।
सबै एउटै उस्तै जाल चोख्याउने खेल ।।

ऊ खराब म महान् कोही छैन यता टोली।
नौरङ्गी रूप अनेक वाचन बिकिहाल्ने बोली।।
सोझो छ खप्पर झगडा तल उपल्लोमा मेल।
हामी नि कस्ता आफै लाग्ने चोख्याउने खेल।।

दुरुस्तै लाग्ने ठ्याक्कै मिठो चपाकाे कुरा।
गर्नै नपर्ने गजबको मेसो भित्रभित्रै पुरा।।
दर्जनको भाउ ठेलमठेल पाउ खुट्टी उता जेल।
हजारौँ षड्यन्त्र लाखौँ तल्लीन चोख्याउने खेल।।

रिसाेर्टकाे सुताइ स्टारको भोजन बनिहाल्ने माल।
यसो हेर्याे कर्के नजर बजार झनै चाल।।
भन्नु छैन सत्य यहाँ गरिदिने गार्हाे पेल।
पुस्तौँ पुस्ता लागिरहने चोख्याउने खेल।।

  •  मान बहादुर जोरा
उप-प्राध्यापक, कैलाली बहुमुखी क्याम्पस।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार