‘घमण्डी भाकीछु म’

जिन्दगीको चुनौती बिच झुलिरहेकी म, मन एक्लो भएर अनि उदास बसेकी म,

मेलिना मल्ल

जिन्दगीको चुनौती बिच झुलिरहेकी म,
मन एक्लो भएर अनि उदास बसेकी म,
कसैलाई थाहा छैन के भोगिरहेकी छु म,
बस सबैको नजरमा घमण्डी भाकीछु म!!

मनका बेथा मनैमा दबाई रहेकी छु म,
आँखामा आशु लुकाई हाँस्न खोज्दै छु म,
कसैलाई थाहा छैन के महसुस गर्दै छु म,
बस सबको नजरमा घमण्डी भाकीछु म!!

लक्ष्यको यात्रामा भतारी रहेकिछु म ,
बिरानो सहरमा एक्लै लडीरहेकिछु म,
कसैलाई थाहा छैन दिनहुँ कति टुट्दै छु म,
बस सबको नजरमा घमण्डी भएको छु म!!

नजिक आएर मायाले सोध बुझ्नेछौँ मलाई,
जिन्दगी कहाँ हुन्छ र सजिलो जिउन सबैलाई,
नजर बद्लेर त हेर बद्लिने छन् शब्द म प्रतिका,
बाध्य छु घमण्ड होइन व्यवहार मेरो तिमि प्रतिका !!

शब्द :- मेलिना मल्ल

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार