भीरबाट लडेर बैतडीमा एक महिलाको ज्यान गयो !

मृत्यु/ज्यान गयो
सांकेति तस्विर

बैतडी: बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका – ५ की २४ वर्षीया सुनीता पेलाको भीरबाट लडेर मृत्यु भएको हो। शनिबार बिहान ११ बजेतिर घरभन्दा करिब ५ सय मिटर टाढा जंगलमा घाँस काट्न गएकी उनी भीरबाट लडेर घाइते भएकी थिइन्।

घाइते उनलाई उपचारका लागि स्थानीय गीरेगडा स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार