झरीमा कामकाजका लागि घरबाट बाहिर निस्कँदा स्मार्टफोन जोगाउन नसकेर झन्झटमा हुनुहुन्छ ?

आफ्नो स्मार्टफोनलाई झरीबाट कसरी बचाउने भन्ने चिन्ता हुन्छ ?

झरीमा स्मार्टफोन

असार लागेदेखि नै मनसून प्रारम्भ भैसकेको छ । मनसूनमा पनि कामकाजका लागि घरबाट बाहिर निस्कन पर्ने मानिसहरुलाई आफूभन्दा पनि आफ्नो स्मार्टफोनलाई झरीबाट कसरी बचाउने भन्ने चिन्ता हुन्छ ।

अहिले सम्पूर्ण व्यक्तिहरुका लागि स्मार्टफोन जीवनको आवश्यक अंग बनेको छ । फोनमा अत्यावश्यक नम्बर, इमेल र अन्य डाटाहरु हुन्छन् । त्यसकारण पनि वर्खाको पानीमा भिजेर यदि स्मार्ट फोन बिग्रियो भने धेरै नै समस्या हुन सक्छ ।

त्यसैले आज हामी त्यस्ता जानकारी लिएर आएका छौं, जसले वर्षामा स्मार्टफोनलाई पानीबाट भिज्न र बिग्रनबाट बचाउन सकिन्छ ।

  • वर्षामा आफू र आफ्नो फोनलाई बचाउनका लागि कम्तिमा तीन महिनासम्म आफ्नो पहिरनमा रेनकोट पनि समावेश गर्नु उपयुक्त हुन्छ ।
  • रेनकोटलाई बाइकको डिक्की अथवा कारमा राख्न सकिन्छ । रेनकोटले फोनलाई मात्र बचाउने होइन यसले बिरामी हुनबाट पनि बचाउँछ ।
  • यदि घरबाट बाहिर निस्कँदा प्लास्टिकको झोला बोक्न बिर्सनु भयो र अचानक पानी पऱ्यो भने आफ्नो फोनको स्विच अफ गरेर फोनलाई प्यान्टको पानी नपुग्ने खल्तिमा राख्नु पर्छ ।
  • सम्भव भएसम्म त्यसको वरपर डेभिड क्रेडिट कार्ड जस्ता प्लास्टिकका कुराहरु पनि राख्नु पर्छ । यसो गर्दा फोनमा पानी पस्न पाउँदैन ।
  • वर्षायाममा बाहिर निस्कँदा आफूसंग सानो प्लास्टिकको झोला बोक्न बिर्सनु हुँदैन । अचानक पानी पर्दा फोनलाई त्यसमा राखेर भिज्नबाट बचाउन सकिन्छ ।
  • पानी पर्न रोकिएपछि त्यसलाई प्लास्टिकबाट झिकेर सफा कपडाले पुस्नु पर्छ पंखाको हावामा राखिदिनु पर्छ । यसो गर्दा फोन सुख्खा हुन्छ ।
  • वर्षायाममा स्मार्टफोनलाई खल्ति अथवा ब्यागमा राखेर ब्लूटूथ डिभाइसबाट कुरा गर्नु राम्रो हुन्छ । यसो गर्दा फोन ब्लूटूथको कारण वर्षाको सम्पर्कमा आउँदैन र भिज्न पाउँदैन । यस प्रकारका ब्लूटूथहरु ईयरफोन – ईयरबड्स वाटर र डस्ट प्रुफ हुन्छन् ।
  • वाटरप्रुफ पाउचको सहयोगले वर्षामा पनि स्मार्टफोनको प्रयोग गर्न सकिन्छ । यो पाउच फोनको कभर जस्तै हुन्छ, जुन सजिलै फोनमा फिट हुन्छ । यसलाई अनलाईन सपिङद्वारा पनि किन्न सकिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार