दलित भएकै कारण एक युवतीलाई कोठा नदिएको आरोपमा घरबेटी पक्राउ

एक घरबेटी पक्राउ

पक्राउ

काठमाडौँ: तल्लो जात भनेर एक युवतीलाई कोठा भाडामा नदिएको आरोपमा काठमाडौँ बबरमहलकी एक घरबेटी पक्राउ परेकी छन् ।

काठमाडौँ बबरमहल निवास सरस्वती प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपा सुनारले गत बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएकी थिइन् ।

सोही वृत्तबाट गएको प्रहरीले ५८ वर्षीया प्रधानलाई पक्राउ गरेको डीएसपी रमेश बस्नेतले बताए । उनीसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।

प्रहरीले घरबेटी प्रधानविरुद्ध गत शुक्रबार जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ । प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिइएको छ ।

रुपाका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार