पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै कैलालीका ४ जनप्रतिनिधि पदमुक्त

देशभरका १४ जना पदमुक्त

Chaya devkota

धनगढी: नेकपा माओवादी केन्द्रले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै कैलालीका ४ जनप्रतिनिधि सहित देशभरका १४ जना लाई पदमुक्त हुनेगरी कारबाही गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय कमिटि बैठकबाट यो निर्णय भएको केन्द्रीय सदस्य सुदन किरातीले जानकारी दिए ।

कैलालीमा पदमुक्त हुनेमा कैलालीको भजनी नगरपालिकाकी उपप्रमुख छायाँ देवकोटा,गौरीगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भागिरथी विष्ट,गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुरन बि।सी रहेका छन् । यस्तै पदमुक्त हुनेमा रौतहटका प्रमुख र उपप्रमुख गरी ७ जना जनप्रतिनिधि , सिराहाका,ओखल्ढंगाका र मोहत्तरीका १र१ जना जनप्रतिनिधि रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार