न्यायको भिक माग्न डडेल्धुराका युवा सडकमा !

प्रशासन कार्यालय डडेलधुराका प्रमुख लाई न्यायको माग गर्दै ज्ञापन पत्र

न्यायको भिक माग्न युवा सडकमा

डडेल्धुरा: डडेल्धुराका परशुराम नगरपालिका ८ कि अस्मिता धामीको सब ५ गते दिउसो जङ्गलमा फेला परेको थियो । स्वास्थ्यकर्मी रहेको अस्मिताका शव पोस्टमार्टम रिपोर्ट आउनु भन बाकी रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ।

डडेलधुरामा खबरदारी न्युज र बाेलन्याथली युनिट डडेलधुराका संयुक्त आयोजनामा न्यायका लागि भिक माग्न युवा सडकमा आएको आन्दोलनका अगुवा दीपक राज भट्टले जानकारी दिनुभयो ।

आन्दोलनमा डडेलधुराका युवाको उपस्थिति रहेको तियो आन्दोलनमा बोल्दै युवा नेता टेकेन्द्र साउदले भने हत्यारा जो सुकै होस कानुनी कठघर मा ल्याउनै पर्छ । यस्तै अभियानता सुरत तमाली ले भने हाम्रा दिदीबहिनी सुरक्षित राख्नुका लागि यस्ता अपराधी लाई कानुनी कठघर मा ल्याउनै पर्छ । यस्तै अभियानमा सुरेश भट्ट , सुदर्शन अाेझाकाे उपस्थिति रहेको थियो ।

न्यायको भिक माग्दा उता प्रहरीले भने हस्तक्षेप गरेको तस्बिर सार्वजनिक भएको छ । आन्दोलनको क्रममा सहायक सिडिअाेकाे गाडी आउँदा रोक्नु खोज्दा दमन गरेको अभियानताकाे भनाई छ । हस्तक्षेप गरेपछि अभियानताहरुले जिल्ला प्रशासन कार्यालय डडेलधुराका प्रमुख लाई न्यायको माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार