सरकार मेरो एउटा मात्रै प्रश्न, नेताहरू कहिले कुर्सीका लागी मात्र नभई जनताका नेता बन्ने ?

कुर्सीका लागि मात्रै दौडधुप गर्ने ?

सन्तोष बाेहरा

सरकार मेरो एउटा मात्रै प्रश्न छ, नेताहरू कहिले कुर्सीका लागि मात्रै दौडधुप गर्ने ? जनताका नेता कहिले बन्ने ? यसै सन्दर्भ मा मेरा_मुक्तकहरू !

१.जीवन दोबाटो सँघारमा हुँदा पनि घचेट्नु पर्छ
जीवन माहामारि,विपत्ति घडीमा हुँदा पनि घचेट्नु पर्छ
जनताका लागि खोप जस्तो विषयमा पनि प्रतिगमन चल्दै छ
जनताले राहा तको चेपेट्टामा पनि जीवन घचेट्नु पर्छ

२. पीडित जनताले भोजन गर्न हातमुख रगेट्नु पर्छ
साँझ बिहान एक छाक टार्न पनि जीवन घचेट्नु पर्छ
उ त दैनिक कुर्सीकै स्वार्थमा प्रतिगमन चलाउँदै छ,
केबल ! पिडत जनताले आफ्नै आँसुले जीवन घचेट्नु पर्छ

३.समावेशी, सम्बिद्वीका नारा कहाँ गएर अस्तव्यस्त भए
समाजवाद, जनवाद, समान्तबाद ठालु कहाँ गएर अस्तव्यस्त भए
उहाँ तँ दैनिक सर्वोच्च अदालतको पेशी कुर्दै छन्
उहाँ त कुर्सी बचाउन सर्वोच्च गएर अस्तव्यस्त भए

४.देखी सक्नु भयो सडक देखि संसद् सम्म प्रतिगमन छ यहाँ
आफ्नै आँखा अगाडि मृत्यु हुदापनि प्रतिगमन छ यहाँ
केबल! ती कुर्सी नेता र कार्यकर्ता पाल्न मात्रै सीमित भए,
माेहदय, जनताका अधिकार माथि पनि प्रतिगमन छ यहाँ ।।

नाम : सन्तोष बाेहरा
ठेगाना : शिखर न.पा.११ ,डोटी ।
शिक्षा : +२ कानुन अध्ययनरत ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार