अवैध सुनसहित तीन जना पक्राउ !

अवैध सुन

धनगढी। प्रहरीले धनगढी र अत्तरियामा गरी एक सय ८७ ग्राम अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय अत्तरियाको टोलीले अत्तरिया बसपार्कबाट एक सय २० ग्राम अवैध सुनसहित डडेल्धुराको अमरगढी नगरपालिका–५, का सुरत घतानेलाई पक्राउ गरेको हो ।

धनगढी चौराहामा रहेको ओम शिव शक्ति सुनचाँदी पसल सञ्चालक सचिव सोवले अवैध सुनको कारोबार गरिरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा एक सय ८७ ग्राम ८८० मिलिग्राम अवैध सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त अवैध सुन ओम शिव शक्ति सुनचाँदी पसलबाट किनेको खुलेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

उक्त सुनचाँदी पसल सञ्चालक सोवलाई पक्राउ गरी उनको कोठामा खानतलासी गर्दा थप ६७ ग्राम ८८० मिलिग्राम सुन बरामद भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । उक्त अवैध सुन धनगढी–३, बस्ने दीपेन्द्र बिकबाट १० लाख रुपैयाँमा खरिद गरेको खुलेकोले बिकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त अवैध सुन कहाँबाट ल्याइएको हो भन्ने खुलेको छैन । बरामद भएको सुनसहित तीनै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार