प्रदेश सरकारले कैदी बन्दीलाई उत्पादनमा सहभागी गराउने योजना अघि बढाएको छः मन्त्री जोशी

‘नौ वटै जिल्लाको कारागारको अवलोकन गर्छौ र त्यहाँको आवश्यकता अनुसारका लागि कार्यक्रम सञ्चालन गर्छौ ।’

आन्तरिक मामिला मन्त्री पूर्णा जोशी सहितको टोलीद्वारा जिल्ला कारागार कैलालीको निरीक्षण

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सहितको टोलीले जिल्ला कारागार कैलालीको निरीक्षण गरेको छ । निरीक्षणको क्रममा मन्त्री जोशीले सुदूरपश्चिम प्रदेश सरकारले कैदी बन्दीलाई उत्पादनमा सहभागी गराउने गरी योजना अघि बढाएको बताउनुभएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले भन्नुभयो ‘कैदी बन्दीहरूलाई फुर्सदको समय नबनाउने गरी हामीले सिपमूलक तालिम दिई उनीहरूलाई उत्पादनमा आधारित काममा लगाउने हाम्रो योजना छ’ साथै ‘नौ वटै जिल्लाको कारागारको अवलोकन गर्छौ र त्यहाँको आवश्यकता अनुसारका लागि कार्यक्रम सञ्चालन गर्छौ ।’

मन्त्री जोशीले कैदी बन्दीहरूले उत्पादन गरेका सामग्रीहरू प्रदेश सरकारले सङ्कलन गरी कैदी बन्दीहरूको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याइने बताउनुभयो ।

उहाँले प्रदेशमा रहेका नौ वटै जिल्लाको कारागार सुधार र कैदी बन्दीको बसाइलाई सहज बनाउन प्रदेश सरकारले रकम विनियोजन गरेको र पूर्वाधार सुधारका निम्ति प्रदेश सरकारले जिल्ला कारागार कैलालीमा १० लाख रुपैयाँ हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

मन्त्री जोशीले प्रदेश सरकारले नयाँ भवन निर्माण गर्न नसके पनि कैदी बन्दीको बसाइलाई सहज बनाउन कार्पेट बिछ्याउने, पङ्खा जडान, स्वास्थ्य सामाग्रीको व्यवस्था, महिनामा एक पटक स्वास्थ्य चेकजाँच लगायतको व्यवस्था समेत गरिने बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार