नदीमा डुबेर फूलबारीमा एक बालकको मृत्यु !

पौडी खेल्ने क्रममा एक जना बालकको मोहना नदिमा डुबेर मृत्यु

डुबेर मृत्यु

धनगढी: पौडी खेल्ने क्रममा एक जना बालकको मोहना नदिमा डुबेर मृत्यु भएको छ । धनगढी उप-महानगरपालिकाको वडा नम्बर १८, फूलबारी ‘एफ’ गाउँमा मामा घरमा बस्दै आएका बालकको मृत्यु भएको हो ।

स्थानीय मोहना नदीमा बगेर १५ वर्षीय सागर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दिउँसो साथीहरूसँग मोहना नदीमा पौडी खेल्न पुगेका परियार मोहना नदीमा बगेपछि सँगैका सहपाठीले स्थानीयलाई खबर गरेका थिए ।

प्रहरीले परियारलाई मृत अवस्थामा स्थानीय नर्सरीछेउमा फेला पारेको थियो । मृतक परियारलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको बेहुलिया सीमा प्रहरी चौकी फूलबारीका इन्चार्ज वासुदेव अबस्थीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार