विदेशमा छोराले राम्रो काम नपाएपछि कपिलवस्तुमा बुवाले गरे विदेश पठाउने एजेन्टको हत्या !

कपिलवस्तुमा बुवाले गरे वैदेशिक रोजगारमा पठाउने एजेन्टलाई गोली हानी हत्या

छोराले कम तलब पाएको भन्दै बुवाले गरे विदेश पठाउने एजेन्टको हत्या

काठमाडौं :  विदेशमा आफ्नो छोराले राम्रो काम नपाएपछि कपिलवस्तुमा बुवाले वैदेशिक रोजगारमा पठाउने एजेन्टलाई गोली हानी हत्या गरेका छन्।

कपिलवस्तु कृष्णनगर नगरपालिका १० का ५५ वर्षीय पारस पुरीको हत्याको आरोपमा  विजयनगर गाउँपालिका–१ का ५० वर्षीय पशुपति कुर्मी पक्राउ परेका हुन्।

वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न पुरीको २०७५ चैत १७ गते राति साढे ९ बजे गोली हानी हत्या गरिएको थियो। उनको हत्या योजना अनुसार नै भएको प्रहरीले जनाएको छ। फरार रहेका कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेको प्रहरीको भनाई छ।

कुर्मीले आफ्ना छोरालाई बहराइनमा वैदेशिक रोजगारमा पठाउने भन्दै एजेन्ट पुरीले १ लाख १५ हजार रूपैयाँ लिएको बताएका छन्। तर विदेश पठाएपछि उनका छोराले भनेजति तलब र काम पाएनन्।

विदेशमा पिडित बनेपछि कुर्मीले एजेन्टसँग विदेश जानु अघि लिएको रकम फिर्ता माग्दा नपाएपछि भारतमा बसेर अन्य २ जनासँग मिलेर हत्या गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न अन्य २ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार