दार्चुलामा एक पुरुषको शव फेला !

चौलानी नदीमा एक पुरुषको शव फेला

मृत्यु
प्रतिकारात्मक तस्बिर

धनगढी : दार्चुलाको चौलानी नदीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको शैल्याशिखर नगरपालिका वडा नम्बर २ मुखन्नामा चौलानी नदीको किनारमा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको हो।

आन्दाजी ३०÷३२ वर्षका एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। शवलार्इ जिल्ला अस्पतालमा राखिएको उनले बताए।

‘मान्छे हराएको भन्ने सूचना अहिलेसम्म आएको छैन,’ डिएसपी भट्टले भने, ‘पहिरोमा बगेर आएजस्तो पनि देखिएको छ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार