श्री ५ शाहदेवलाई जन्मोत्सवको शुभकामना ! : नवीन पनेरु

बिसौँ हजारको रगतको खोला बगाएर सत्ता लम्बयाउन नसकिने पनि त थिएन...!

श्री५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ७५ औँ जन्मोत्सव

✍️ नवीन पनेरु, धनगढी

बिसौँ हजारको रगतको खोला बगाएर सत्ता लम्बयाउन नसकिने पनि त थिएन , आफुले सत्ता परित्याग गरेर करोडौं जनताको मुहारमा खुसियाली छाउने विश्वासले सत्ता सुम्पिबक्स्यो, राष्ट्रवादको खोल ओडेका राष्ट्रघाती ब्वाँसाहरूको हालिमुहालि चल्न थाल्यो।

कुनै बेला दुई चोक्टा मासुमा बिकेर हिडेका कयौं महान पुरुषहरुले ज्ञाने चोर, देश छोड भनेर मासुको गन्ध मुखमा रहुन्जेल जसरी गर्जीरहेका थिए आज तिनै महान पुरुषहरु र उनका सन्ततीहरुले आज दुई थोपा पानी र एक छाक खाना नपाउदा राजा आउ देश बचाउ भन्दै आँसुका भेल बगाइरहेका छन भनिन्छ नि “भोक लाग्दा खाजा, देशमा संकट पर्दा राजा ” अपरिहार्य हुन्छ ।

आज जल , जमिन , जङ्गल , जनावर सबै माफियाको भुमरिमा रुमल्लिरहेका छन । पुर्वमा टिस्टा देखि पश्चिम काङ्गडा सम्मको भुभाग बारे नव पिडि अझै अज्ञात छन , राष्ट्रिय गितमा पुर्वमा मेची देखि पश्चिम महाकालीलाई मात्र उल्लेख गरिएको छ लिपुलेक , लिम्पियाधुरा र कालापानी क्षेत्र सहित नेपाली भुभाग भनी अंकित गरेको भन्दै झ्याली पिटे पनि अझै आधिकारिक्ता लिन सकेको छैन ।

हजारौं निर्मलाहरु न्यायको ढोका ढकढकाउदा ढकढकाउदै न्याय नपाई प्राण त्याग्न बाध्य छन , अनि लाखौं निर्मलहरु स्वदेशमा रोजगारी नपाएर खाडीको ५०/६० डिग्रीको घामको राफ संगै स्वदेश बनाउने सपना बुन्दै दिन गन्न बाध्य छन ।

जल, जमिन, जङ्गल ,जनावर संगै कयौं भोका पेट अनि अनिदा नयनहरु एक कुशल अभिभावकको प्रतीक्षामा छन।
ढुङ्गाको मुर्ती र पशुपन्छीले समेत बोल्नु पर्ने बेला आएको छ ।

देशको रक्षा गर्नुपर्ने बेला आएको छ ।
पुर्वियदर्शनको रक्षाको गर्नु पर्ने बेला आएको छ ।
जगत जननीको रक्षा गर्नु पर्ने बेला आएको छ ।

हिन्दु सम्राट राष्ट्रवादका मेरुदण्ड श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई ७५ औँ जन्मोत्सवको मंगलमय शुभकामना !

आराध्य देव पशुपतिनाथले सदासर्वदा सबैको कल्याण गरून् । (प्रकाशित सबै शब्दहरू लेखकका व्यक्तिगत विचार हुन् । )

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार