भरुवा बन्दुकसहित बैतडीमा दुईजना पक्राउ !

एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ

दुई जना पक्राउ

धनगढी: बैतडीमा प्रहरीले एकनाले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका -१ सकारका ३८ वर्षीय लक्ष्मण भट्टराई र ३६ वर्षीय नारदप्रसाद भट्टराई रहेका छन्। उनीहरुलाई बिहीबार बराइल रौटे जंगलबाट फर्किरहेको अवस्थामा बन्दुकसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भईरहेको र हातहातियार तथा खरखजना ऐन अनुसार कारबाही हुने प्रहरी निरीक्षक राजेश शाहीले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार