नेपालको ‘फोहोरी’ राजनीति घटना क्रम र ‘म’ : सुशील दौल्याल

आउँदो चुनावमा प्रत्यक्ष जननिर्वाचन पछि कार्यकारी प्रणालीको हुनुपर्ने....

  • सुशील दौल्याल

सर्वप्रथम त मलाई सुशील दौल्याल भनेर चिन्ने नचिन्ने साथी भाइ, इष्टमित्र,मेरा हितैषी याराहरु लगायत मेरा अग्रज सम्माननीय नेता गण हरूमा हार्दिक नमस्कार तथा अभिवादन टक्र्याउन चाहन्छु। मेरो घर चाहिँ बझाङ जिल्लाको दुर्गा थली गाउँ पालिका वडा न.७ भुमाली हो। म अहिले भगवान् लाई साँची राखेर बिरामीहरूको आलो घाउ लाई मलम पट्टि लगाउने काम गर्छु, र म सँग सँगै नेपाल युवा सङ्घ सङ्गठनमा पनि आबद्ध छु। मलाई कता कता मेरो देश नेपालको पछिल्लो अवस्थाको राजनीति घटना क्रमले साह्रै दुखी तथा लज्जित बनाएको छ,र उहीँ पुरानो आज भन्दा करिब दसौँ वर्ष जनयुद्वकालको झझल्को र याद आउदैछ, त्यसैले यश विषयमा म साह्रै दुखी भएको छु।धेरै जसो आम जनमासहरू लाई थाहा भएकै कुरा हो,दश वर्षे जनयुद्ध मा थुप्रै नौ जवानहरूले वीर गति प्राप्त गर्नु भयो थुप्रै नेपाली जनताहरू सहिद हुनु भयो ,हजारौँ आमाहरूका काख रिता भए ,थुप्रै चेलीहरूका सिन्दूर मेटिए,हजारौँ बालबालिकाहरू टुहुरा र अलपत्र भए, हजारौँ युद्वाहरु अङ्गभङ्ग भए म यो दुखद पलहरूको विषयमा सधैँ जसो सोच्ने गर्छु।यो घटनामा कति विद्रोह मरे कति नेपाली राष्ट्र सेवकहरू मरे कति मदेश आन्दोलन झापा विद्रोहमा मरे ।

राजनीतिक व्यवस्था परिवर्तन र देश विकास गर्ने नाममा धेरै जनताहरूले ज्यान गुमाए म यसको बारेमा सधैँ सोच्ने गर्छु,आखिर देशले के पायो जनताले के पाए उल्टै यहाँ पाउने भन्दा बढी गुमाएका छौ,देशले कालापानी गुमायो,टनकपुर,कोसी ,महाकाली जस्ता थुप्रै थुप्रै गुमायौ ,र सँग सँगै जन नेता मदन भण्डारी ज्यु लाई गुमायौ, र हुँदा हुँदा२०७३ सालमा प्रकृतिले पनि हामीलाई ठग्यो र यो घटनामा पनि हजारौँ नेपाली तथा अन्य जनताहरू मर्नु भयो र सँग सँगै हाम्रा थुप्रै रास्टिय सम्पत्तिहरू पनि गुमायौ।एकातिर जनताले विश्वास गरेका राजनीतिक सत्ता बाहिर हुँदा एक प्रदेश मदेश ए सत्तामा पुगी सकेपछि हम लुटेङ्ग देश भन्या जस्तै भयो ।जुन देशमा पहिले देखि नै आतङ्क विद्रोह र हजारौँ जनमासहरूका हत्याराहरू लाई प्रधानमन्त्री ,राष्ट्रपति ,मन्त्री जस्ता सम्माननीय पदहरू दिलाउनका लागि धेरै आतङ्ककारी नेताहरू तथा थुप्रै कार्यक्रताहरु लागि परेका छन्, यो देश लाई यस्तो बनाउन खोजिएको छकी मानौँ देश एउटै काटेर राखिएको बलिको बाख्रा हो जुन खुट्टा काटेर एउटाले अर्कातिर,फिला काटेर अर्कोले अर्कातिर ,कलेजो निकालेर अर्कोतिर र टाउको काटेर अर्काले अर्कोतिर बेच्ने कहिले लुम्बिनी बेच्ने,कहिले हिमाल पहाड हरू बेच्ने,कहिले नागरिताहरु बेच्ने ,कहिले खोला नालाहरू बेच्ने,अनि काँक्रोलाई चिरा पारेर भागबन्डा लगाइ खाए जसरी भाग बन्डा गर्ने यो देश नेपाल कसैका बाउ बाजेको बिर्ताको देश होइन जुन सजिलै सँग काटेर खान मिल्ने।

म आग्रह गर्न चाहन्छु, जुन २०७४ सालको स्थानीय चुनावमा पनि हामीहरूकै माझका दाजु भाइ तथा दिदी बहिनीहरू लाई विश्वासका साथ चुनावी मैदानमा उतार्दै जित दिलायौ जुन हिजोका दिनहरूमा उहाँहरुपनी हामी जस्तै भोका नाङ्गा र एक छाक खान धउ, धउ पर्ने स्थिति थियो अहिले २,३ वर्षको अन्तरालमा हेर्ने हो भने समाजमा विकासका नाममा त कुरा छोडनुहोस उल्टै राता राती एउटा साधारण सदस्य ज्यु ले पनि तराइमा घर ठड्याए मोटर गाडी मोज मस्ती चिल्लो पिरो गर्दै दिनहरू बिताउँदै हुनुहुन्छ। आखिर यत्रो रकम कहाँ बाट राता राती हाम फालेर आयो त यसको एउटै जवाफ छ,जुन नेपाल सरकारले समाजमा रहेका गरिब निमुखा अशक्त र सोशित पीडित वर्गहरूका साथ साथै बाटो घाँटो पुल पुलैयाहरु बनाउनका लागि दिएका रकमहरू १०० प्रतिशत मध्य १० प्रतिशत भन्दा पनि कमको खर्चालु त्यो काममा लगाएर बाँकी रहेको रकम आफ्नै रँगिन दुनियाँमा लगाउन व्यस्त हुनु भयो ।आखिरीमा यत्रो मोज मस्ती चिल्ला गाडी कहाँ बाट आयो यसको छानबिन हुनुपर्छ कि पर्दैन ,यदि अब आउने चुनावमा तपाईँ साँच्चिकै इमानदार र जनता तथा समाजको दुख सुख लाई बुझ्ने गरी आउनुहुन्छ भने म तपाईँ लाई एउटा आग्रह गर्न चाहन्छु र चुनौती पनि दिन चाहन्छु,यदि अब जनता सामु तपाईँ हिरो र सच्चा रास्ट सेवकको नामले चिनिनु हुन्छ भने अब यस्ता हर्क त र तुच्छकामहरु गर्ने व्यक्ती लाई कडा भन्दा कडा कार्वाहिको माग गर्दै संविधान प्रस्ताव लिएर आउनुहोस् र त्यसको जाँच खारेज गर्ने अधिकार जनतालाई दिने किसिमको कानुन बनाउनुहोस् हामी सदा तपाइको साथमा छौ।

गरिब , निमुखा,पिछडिएका, र दलित तथा जनजाति तथा सोजा साजा जनताको समानुपातिकको नाममा आफ्ना श्रीमती, साला साली , छोराछोरी ,बुहारी र कार्यक्रतालाइ चाहिँ करोडौँ पैसा लिएर र व्यापारी लाई चाहिँ सांसद र मन्त्री बनाएको देख्न नपरोस् अब त्यसको अन्त्य गर्न अब आउँदो चुनावमा प्रत्यक्ष जननिर्वाचन पछि कार्यकारी प्रणालीको हुनुपर्ने संशोधन प्रस्ताव गर्नुहोस् हामी सदा तपाइको साथमा हुने छौ।
मैले अघि पनि भने यी देश कसैको बाउको बिर्ताको देश होइन यो देश पृथ्वीनारायण शाहको नेत्वृत्वमा नेपाली सेनाले बाइसे र चौबिसे राज्यको एकीकरण बनाएर ४ जात ३६ वर्णको साँझ फूलबारी हो |

हामी जस्ता लाखौँ युवा पीढीहरू विदेशी खाडीको ५०,५५ डिग्री को उच्च तापक्रममा गएर लेबरी तथा भेडा बाख्रा चराउने पर्ने रुकुम रोल्पाका निमुखा जनताहरूले सिटामोल खान नपाएर झाडापखाला तथा निमोनिया जस्ता विभिन्न रोग हरू बाट ज्यान गुमाउनु पर्ने नेताहरूले चाहिँ टाउको दुखे जापान पेट दुखे अमेरिका धाउनु पर्ने दिनहरू नआओस् ।

अब आउने निर्वाचनपछि पनि यस्ता घिनौना हर्क त कामहरू भेटाएमा तथा देखापरेमा पहिला प्रचण्ड ज्यु ले हजारौँ निर्दोष नेपाली जनताहरूलाई मार्नु भएको थियो अब ठ्याक्कै उल्टो हुनेछ यो अब त्यस्ता भ्रष्टाचारी र आतङ्ककारी नेता तथा ठुला भनाउदाहरुको खोजी खोजी यो युवा सङ्घ नेपालले इन्काउन्टर गर्नेछ। धन्यवाद | (माथि उल्लोखीत प्रकाशित शब्द तथा वाक्यांशहरू लेखकका व्यक्तिगत बिचार हुन् ।)

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार