विश्वको सबैभन्दा अग्लो घोडाको मृत्‍यु !

विश्वको सबैभन्दा अग्लो किर्तिमानी घोडाको मृत्यु

विश्वकै अग्लो घोडाको मृत्‍यु

विश्वको सबैभन्दा अग्लो किर्तिमानी घोडाको मृत्यु भएको छ । बिग जेक नामक बेल्जियन नश्लको २० वर्षीय घोडाको अमेरिकाको विस्कन्सिनस्थित पोइनेटमा रहेको स्मोकी होलो फार्ममा मृत्यु भएको हो ।

उक्त पशु फार्मका मालिक जेरी गिल्बर्टकी पत्नी भ्यालिसया गिल्बर्टले बिग जेकको मृत्यु दुई हप्ता अगाडि नै भएको बताएपनि घोडाको मृत्युको एकिन मितिको खुलासा नगरेको एपीले जनाएको छ ।

‘यो हाम्रो परिवारका लागि निकै दुखद घटना भएको हुँदा हामीले उसको मरणको मिति सम्झना गर्न चाहँदैनौँ’ गिल्बर्टले भनेकी छिन् ।

उक्त घोडा झण्डै २.१ मिटर अग्लो तथा ११ सय ३६ किलोग्राम तौलको थियो । सन् २०१० मा उसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले विश्वको सबैभन्दा अग्लो घोडााको प्रमाणपत्र प्रदान गरेको थियो ।

घोडा मालिक जेरी गिलबर्टका अनुसार यो सुपरस्टार घोडाको जन्म नेब्रास्कामा भएको हो र जन्मँदै उसको तौल १०९ किलो थियो । जबकि बेल्जियन नश्लको घोडा जन्मिँदा औषत तौल ४५ किलो हुन्छ ।

आफुले बिग जेकको तबेला रित्तै राखेर र त्यसको बाहिर इँटा तथा उसको तस्वीर र नाम राखेर उसको स्मरण गर्न चाहेको गिल्बर्ट बताउँछन् । हफिंटनपोष्ट बाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार