गजल : ‘छेपारो को चुरीफुरी’

अरे वा अहङ्कारको खेती,सर्वोच्च ले प्रमाणित आतङ्ककारी को स्वाद,टिक्छ कति सम्म...

सन्तोष बोहरा

छेपारोको चुरी फुरी टिक्छ कति सम्म
हेरेँ त्यसको बहादुरी,टिक्छ कति सम्म

प्रकृतिको विरुद्धमा बौलाएको छरे
बेमौसमी आँधी हुरी,टिक्छ कति सम्म

भन नेपाली हो,एकै स्वरमा भन
भत्किएको घरको धुरी,टिक्छ कति सम्म

मैले छुँदा झोपडी पनि,महल हुन्छ भने
बेमानीको बेमन्जुरी,टिक्छ कति सम्म

अरे वा अहङ्कारको खेती,सर्वोच्च ले प्रमाणित
आतङ्ककारी को स्वाद, टिक्छ कति सम्म

बिपी,बुद्ध र अरिनकाेले, कोरेका हुन रेखा
हेरेउ तिमी र म बिचको दुरी,टिक्छ कति सम्म

👊 सन्तोष बोहरा (शिखर न.पा ११ मल्लिसात, डोटी)

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार