प्रचण्ड र विप्लव बिच भेटवार्ता !

सरकार परिवर्तन भएलगत्तै प्रचण्डसँग भेट

प्रचण्ड र विप्लव

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पपकमल दाहाल (प्रचण्ड)लाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले भेट गरेका छन् । खुमलटारस्थित प्रचण्डको निजी निवासमै विप्लव भेट्न पुगेका हुन् ।

सरकार परिवर्तन भएलगत्तै उनले प्रचण्डसँग भेट गरेका छन् । त्यसअघि शान्तिपूर्ण राजनीतिमा आए पनि यी दुई नेताबीच भेट भएको थिएन । विप्लव समूहले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेका थियो ।

तर, सो सम्झौता बमोजिम आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा नभएको गुनासो विप्लव समूहले गर्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार