‘एनआरएनए’ अस्ट्रेलियाको नयाँ कार्यसमितिका लागि भट्टको उम्मेदवारी !

नयाँ कार्यसमितिका लागि भट्टको उम्मेदवारी

बसन्त भट्ट
धनगढीः एनआरएनए अस्ट्रेलिया, आगामी कार्यसमितिका लागि हुन गइरहेको निर्वाचनका लागि बसन्तराज भट्टले आफ्नो उम्मेदवारी दिएको घोषणा गरेका छन् । भट्टले एसीसी एनआरएन एसी टी सदस्य पदका लागि उम्मेदवारी दिएका हुन । निर्वाचन जुलाई ३१ तारिकमा हुदैछ ।
उम्मेदवारी घोषणा गदै भट्टले आउँदो कार्यकाल २०२१ – २०२३ का लागि हाम्रा एजेण्डाहरु र हामीले गर्ने प्रतिबद्धतासहित आउने बताए । एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्ने चाहना पुरा गर्नका लागि एनआरएनहरूको सहयोगको अपेक्षा गरेको बताए ।
“साझा एन एनआरएनए” वास्तवमै हामी सबैको साझा अभियान हो र “सबल एनआरएनए” को प्रमुख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै समुदायका सबैलाई अपनत्व प्रदान गर्ने  नै हो । त्यसका लागि सबै मिलेर प्रतिबद्ध भएर काम गर्न आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार