जिल्ला अस्पताल डोटीको एम्बुलेन्स बाटोमै अलपत्र !

जिल्ला अस्पताल डोटीको एम्बुलेन्स
धनगढी: डोटी जिल्ला अस्पतालको एम्बुलेन्स बाटोमै थन्किएको छ । बिरामी बोकेर असार २५ गते कैलालीको धनगढी जाँदा बिग्रिएको डोटी जिल्ला अस्पतालको एम्बुलेन्स बाटोमै अलपत्र परेको हो ।
अस्पतालका कर्मचारी बिरामी भएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा उक्त एम्बुलेन्स डडेल्धुराको साहुखर्कमा बिग्रिएको थियो । एम्बुलेन्स बिग्रेपछि चालकले निजी कार बोलाएर बिरामीलाई धनगढी पु¥याएका थिए । चालक डम्बर पाली बिरामीलाई धनगढी पु¥याएर डोटी पुगिसकेका छन् तर एम्बुलेन्स बाटोमै अलपत्र अवस्थामा छ।
नेपाल भारत मैत्री सङ्घले उपलब्ध गराएको से १ झ २१० नम्बरको उक्त एम्बुलेन्स यस्तो माहामारि को अवस्थामा पनि सञ्चालनमा नल्याइँदा जिल्ला अस्पताल डोटी एम्बुलेन्स विहीन रहेको देशभक्त युवा नेपाल सुदूर पश्चिम कमिटी अध्यक्ष सन्तोष बोहरा जानकारी दिए । बोहराले एम्बुलेन्स थन्किँदा बिरामीलाई सास्ती त भए कै छ ।  सम्बन्धित निकायले मर्मतका लागि पहल नगरी बिच बाटोमै बेवारिसे अवस्थामा छोडिएको एम्बुलेन्सका पार्टपुर्जा पनि चोरी हुन सक्ने अन्य क्षेती हुन सक्ने अवस्थालाई सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार