शनिबार जिल्ला अस्पताल बैतडीमा पीसीआर परीक्षण नगरिने !

जिल्ला अस्पताल बैतडी

धनगढी: जिल्ला अस्पताल बैतडीमा अबदेखि शनिबार पीसीआर परीक्षण नगरिने भएको छ। कोरोना भाइरसको जोखिम घट्दै गएको भन्दै अस्पतालले पीसीआर प्रयोगशालामा शनिबार कोरोना परीक्षण नगर्ने बताएको हो।

अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै लक्षण भएका बिरामी, कन्ट्रयाक्ट ट्रेसिङमा परेका व्यक्ति तथा नेपाल सरकारले तोकेको नि:शुल्क परीक्षणको मापदण्डभित्र पर्नेलाई मात्र नि:शुल्क पीसीआर परीक्षण गरिने जनाएको छ। अन्यका हकमा भने एक हजार रुपैयाँ शुल्क लाग्ने बताइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार