कैलाली प्रहरीले ‘हाम्रो प्रहरीसँग हामी’ र ‘भविष्य बचाउ’ अभियान सुरु गर्ने

कैलाली आएका प्रहरी उपरीक्षक विश्व अधिकारी

कैलाली: जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीमा ‘हाम्रो प्रहरीसँग हामी’ र ‘भविष्य बचाउ’ अभियान सुरु गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालयले  नेतृत्व पाएर कैलाली आएका प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रहरी सेवालाई थप प्रभावकारी बनाउन ‘हाम्रो प्रहरीसँग हामी’ अभियान सुरु गर्न लागेको बताए ।

धनगढीमा पत्रकारहरूसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै आइतबार प्रहरी उपरीक्षक अधिकारीले आफ्नो अभियानबारे बताएका थिए। ‘हामी अब फरक फरक विधाका व्यक्तिहरूसँग अन्तरक्रिया गरेर प्रहरी सेवालाई प्रभावकारी बनाउन लाग्छौँ’ उनले भने ‘त्यो अभियानको सुरु आजबाट भएको छ ।’

उनले कैलालीमा पछिल्लो समय लागू पदार्थको दुव्यसनीका घटना बढिरहेको भन्दै ‘भविष्य बचाउ’ अभियान समेत सुरु गर्न लागेको बताए । कैलाली प्रहरीले अब लागू पदार्थ सेवन गर्ने र कारोबार गर्नेहरू विरुद्ध कडा रूपमा प्रस्तुत हुने समेत उनले दाबी गरे ।।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार