बालबालिकाकालाई मनोरञ्जन र पर्यटन प्रवर्द्धन गर्न धनगढी १९ मा ‘फूलबारी बाल उद्यान’ सञ्चालनमा

धनगढी १९ मा ‘फूलबारी बाल उद्यान’ सञ्चालनमा

फूलवारी बाल उद्यान
फूलवारी बाल उद्यानको उद्घाटन

धनगढी: बालबालिकाकालाई मनोरञ्जन र पर्यटन प्रवर्द्धन गर्न धनगढीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ ।कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा ‘फूलबारी बाल उद्यान’ सञ्चालनमा ल्याइएको हो ।उद्यानको एक समारोहकारबिच धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले रिबन काटेर समुद्घाटन गरेका हुन ।

दुई करोड ३८ लाख ११ हजार छ सय ७० लागतमा निर्माण भएको सो उद्यानको निर्माण कार्य २०७६ सालदेखि निर्माण कार्य थालिएको थियो ।चारैतिर सुन्दर पर्खाल, बिच भागमा पानीको फोहरा, लाइटिङ, आरामका लागि प्यारा फिट निर्माण लगायतका संरचना बनाइएको छ । आकर्षक फूलहरूका बोट रोपिएका छन् भने फोहोरमैलाई व्यवस्थापनका लागि डस्टविन ‘फोहरमलाई’, ड्यासिङ कार, डुङ्गा, रोटे पिङ, चर्का, ब्रेक डान्सलगायत मनोरञ्जन लिन सकिने आधुनिक साधनहरू राख्न बाँकी रहेको छ ।

उपमहानगरपालिकाका नगर प्रमुख वडले भने –‘आवश्यक भौतिक संरचना निर्माण भइसकेको छ । बालबालिकालाई मनोरञ्जनका लागि चाहिने केही सामान राख्न बाँकी छ ।’नगर प्रमुख वडले नजिकै रहेको बसपार्कमा आउने यात्रुहरूलाई पनि आराम गर्नका लागि उद्यानले सहजता ल्याउने बताए ।

उपमहानगरपालिकाकी उपप्रमुख सुशीलाले धनगढी उपमहानगरपालिकाका हरेक वडामा बालबालिकाका लागि मनोरञ्जनका लागि बाल उद्यान सञ्चालनमा ल्याउने योजना रहेको बताइन । उनले भनिन –‘बाल उद्यानलाई यस उपमहानगरपालिकाका पर्यटकीय स्थलसँग जोड्ने प्रयास रहेको छ ।’ उनका अनुसार बाल उद्यान, मनोरम पार्क, साइकल पथ र पर्यटकीय स्थलसम्म जोडी उपमहानगरपालिकाभित्र पर्यटकलाई आकर्षण गर्ने लक्ष्य रहेको छ । धनगढी उपमहानगरपालिकामा हालसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर २ र वडा नम्बर १९ मा बाल उद्यान सञ्चालनमा रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार