कैलालीमा आर्थिक वर्ष २०७७–७८ मा १ हजार ३०७ वटा मुद्धा दर्ता !

गत वर्षको तुलनामा ४ दशमलव ३८ प्रतिशतले घट्यो

जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढी: कैलालीमा आर्थिक वर्ष २०७७–७८ मा विभिन्न अपराधजन्य घटनाहरूमा केही कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष ४ दशमलव ३८ प्रतिशतले अपराधजन्य घटनाहरूमा कमी आएको हो । यस वर्ष जिल्लामा १ हजार ३०७ वटा मृद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले देखाएको तथ्याङ्क अनुसार यो सङ्ख्या गत वर्षको तुलनामा ४ दशमलव ३८ प्रतिशतले घटेको हो ।

समग्रमा अपराधजन्य घटनाहरू कमी आएको देखाए पनि कतिपय घटनाहरू बढेका छन् । गत वर्ष १ हजार ३६७ वटा मुद्धाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए भने यो वर्ष १ हजार ३०७ वटा मुद्दा दर्ता भएका हुन । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा अपराधजन्य घटनाहरूमा कमी आएको जानकारी दिए ।

उनले सार्वजनिक अपराधहरू गत वर्षको भन्दा ४३ दशमलव ३३ प्रतिशतले घटेको बताए । गत वर्ष ४७७ वटा सार्वजनिक घटनाहरू दर्ता भएकोमा यस वर्ष २५६ वटा घटनाहरू दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

यस्तै आत्महत्याका घटना गत वर्षको तुलनामा २० दशमलव २७ प्रतिशत, जबरजस्ती करणी ११ दशमलव ९५ प्रतिशत, चोरी ९ दशमलव ०९ प्रतिशत, सवारी दुर्घटना ६ दशमलव ५५ प्रतिशत, बहुविवाह ६५ दशमलव ५१ प्रतिशत र जबरजस्ती करणी उद्योगका घटना ४६ दशमलव ४२ प्रतिशतले बढेको तथ्याङ्कमा उल्लेख छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार