छोटो दुरीको भाडा दर नतोकिँदा सुदूरमा नयाँ भाडा दर कार्यान्वयन गर्न ट्राफिक प्रहरी अन्योलमा !

प्रदेश सरकारले छोटो दुरीको भाडा दर कायम गरिदिए कार्यान्वयनमा सजिलो हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बोहराको भनाई

Traffic_Checking_DhangadhiChauraha

सुदूर: सुदूरपश्चिममा सार्वजनिक सवारी साधन धनीहरुले भाडादर बढाएको गुनासो आउन थालेको छ । यातायात व्यवस्था विभागले बढाएको भाडादर मा अन्यौलता कायमै रहेका बेला यहाँका सार्वजनिक सवारी साधनहरुले भने मनपरी भाडा लिन थालेका हुन ।

कोरोना संक्रमण न्युनिकरण गर्न जारी गरिएको निषेधाज्ञाका कारण करिब २ महिना पछि सार्वजनिक सवारी साधन सञ्चालनमा आएका थिए । तर सवारी साधन धनीहरुले अहिले पनि विभिन्न बहानामा मनपरी भाडा असुल्ने गरेको गुनोसो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले अनुगमनमा सक्रियता देखाएको छ ।

May be an image of 1 person, van, car and outdoors

कोरोना संक्रमण न्यनिकरण गर्न स्थानीय प्रशासनले कैलालीमा पनि बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो । सरकारले लागु गरेको नयाँ भाडादरको अन्यौलता कायमै रहेको बेला सुदूरपश्चिमका सार्वजनिक सवारी साधनहरुले भने भाडा असुल्न थालि सकेका छन । सार्वजनिक सवारी साधनहरुले महङ्गो भाडा लिने गरेको जनगुनासो आएपछि आफुहरुले अनुगमन तिब्र पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

केन्द्र सरकारले लामो दुरीको भाडादर बढाएको भएपनि छोटो दुरीको भाडादर नभएका कारण यात्रुहरु मारमा पर्न थालेको उनले बताए । प्रदेश भित्रका विभिन्न स्थान सम्म पुग्न प्रदेश सरकारले भाडादर कायम गर्नु पर्ने बताउँदैं उनले आफुहरुलाई सो भाडादर कार्यान्वयन गर्न सजिलो हुने बताए ।

May be an image of २ people and road

साथै उनले जिल्लाका विभिन्न ठाउँहरुमा आफुहरुले सार्बजनिक सवारी साधनहरुमा भाडा लिष्ट भए÷नभएको अनुगमन गर्ने गरेको जानकारी दिए । पहिलो पटक भाडादर बढाएका सवारी साधन धनीहरुलाई सम्झाई बुझाई गर्ने र फेरी पनि भाडा बढाएको भेटिए कानुन अनुसार कारवाही प्रहरी निरिक्षक बोहराले बताए ।

यस्तै चेकजाँच तथा अनुगमनका क्रममा भाडा लिष्ट टाँस नगरेका सार्वजनिक सवारी साधनमा भाडा लिष्ट टाँस्न लगाईएको छ । सवारी साधनका चालक÷सहचालक तथा सवारी धनीहरुलाई सवारी साधनहरुमा भाडादर टाँस्न लगाएको र नभएका सवारी साधनहरुलाई अनिबार्य रुपमा राख्न सम्झाई बुझाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्याल कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार