धनगढीमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा मंगलबार पनि तनाव सिर्जना !

स्थानीयले प्रहरीमाथि ढुंङ्गामुढा गरेपछि प्रहरीहरू घाइते

स्थानीयले प्रहरीमाथि ढुंङ्गामुढा गरेपछि प्रहरीहरू घाइते

धनगढी: धनगढी उप-महानगरपालिकामा जमेको पानी निकास गर्न प्रहरीले बल प्रयोग गरेपछि मंगलबार पनि तनाव सिर्जना भएको छ ।

उपमहानगरपालिका–३ को हाटबजार, विद्युत् कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गर्दा तनाव सिर्जना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोहनापुुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको बताए। उनले सो क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि केही सेल अश्रुग्याँस प्रहार गरिएको बताए। सोमबार पनि प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेको थियो ।

स्थानीयले प्रहरीमाथि ढुंङ्गामुढा गरेपछि प्रहरीहरू घाइते समेत भएको बताइएको छ । यता स्थानीयको भने प्रहरीले किरिया पुत्री बसेको घरमा अश्रुग्याँस प्रहार गरेको आरोप रहेको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार