बम बहादुर रानालाई आर्थिक सहयोग गर्न अपिल !

आर्थिक सहयोग गरी जीवन बचाइदिन हुन सम्पूर्ण सहयोगी मनकारी व्यक्ति तथा सङ्घसंस्था लाई अनुरोध

बम बहादुर राना

धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा.नं. ११ निवासी २९ वर्षीय बम बहादुर राना थारु गत १ वर्ष देखि खुट्टा को समस्याले थालिएका थिए ।

आर्थिक अवस्था दयनीय भएका कारण उनको उपचार हुन नसकेको जानकारी पछि केही सहयोगीहरूको मद्दतमा नेपालगन्जको अस्पतालमा उपचार गराइयो तर सो अस्पतालका डाक्टरले रानालाई ​थप उपचारको आवश्यकता रहेको बचाउँदै भरतपुर क्यान्सर अस्पताल चितवन लैजाने सुझाए ।

राना अहिले क्यान्सर शङ्कास्पद भई ​भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचाररत छन् । तर उपचार खर्च पूर्ति गर्न परिवार सँग स्रोत नभएको कारण राना परिवारले आर्थिक सहयोग गरी जीवन बचाइदिन हुन सम्पूर्ण सहयोगी मनकारी व्यक्ति तथा सङ्घसंस्था लाई अनुरोध गरेका छन् ।

२९ वर्षीय युवकका सपना बरकरार राख्न र लाखौँ सपना बोकेर मृत्यु सँग लडिरहेका रानाको जीवन जोगाउन आर्थिक सहयोग गर्न चाहने मनकारी व्यक्तिहरूले बम बहादुर रानाको कुमारी बैङ्क कञ्चनपुरमा शाखामा रहेको खाता नं. ०५७००२८९०२८००००१ मा पैसा पठाउन र ९८४८९८९०७० मा सम्पर्क गर्न राना परिवारले आग्रह गरेको छ ।

रानाको उपचारको सहयोगार्थ भक्त बि.बि. फर ह्युमानिटीकी पूर्व अध्यक्ष शारदा भुसाल झाले पनि सक्दो सहयोग गर्न अपिल गर्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा अभियान सञ्चालन गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार