राष्ट्रिय समन्वय समिति सदस्यमा बैतडीका पुजेन्द्र चन्दको उम्मेदवारी

गैर आवासिय नेपाली संघ अष्ट्रेलिया एनआरएनएको निर्वाचन यहि आउँदो जुलाई ३१ मा हुने

उम्मेदवारी

गैर आवासिय नेपाली संघ अष्ट्रेलिया एनआरएनएको निर्वाचन यहि आउँदो जुलाई ३१ मा हुने भएको छ । साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्था छ र यसलाई अझ राम्रो सामाजिक वातावरणको सृजना गर्न सबैको साथ र सहयोगको आजको आवश्यकता बन्न पुगेको छ । यहि आवश्कतालाई मध्यनजर गर्दै निर्वाचनममा साउथ अस्ट्रेलियाबाट राष्ट्रिय समन्वय समिति सदस्यमा सुदूरपश्चिम बैतडीका पुजेन्द्र चन्दले उम्मेदवारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नम्बर ४ बङसल्ला स्थाई घर भएका चन्द हाल अष्ट्रेलियामा बस्दै आएका छन् । साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्थामा सबैलाई एकताबद्ध बनाउन र सबैको हक हितमा काम गर्नका लागी एन आर एन ए मा उम्मेदवारी दिएको चन्दले बताए ।

उनले भनेका छन् समुदायका आवश्यकताहरुको बारेमा समेत म परिचिति छु । निर्वाचन पछि यहाँको बहुसांस्कृति समाजमा नेपाली समुदायलाई अझै सशक्त रुपले अगाडी बढाउन आफुले जाने बुझेका र सिकेका सिपहरुको सही सदुपयोग गर्दै मेरो अहम् भूमिका रहने छ । म विश्वा दिलाउन चाहन्छु, यहाँहरुको सुझाब साथ सहयोग र समर्थन रहनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।

एनआरएनए अस्ट्रेलियाको संरचनागत सुधारका लागी उनले घोषणा समेत गरेका छन् ।
१. अस्ट्रेलियामा विभिन्न राज्यहरुमा हाम्रा बालबालिकाहरुले नेपाली भाषा पढ्दै आएका छन् । त्यसमा एकरुपता बनाउन एउटै पाठ्यक्रम निमार्णका लागि भूमिका खेल्ने छु ।
२. हरेक राज्यमा कोभिड १९ पश्चात देखिएको मेन्टल हेल्थबारे जनचेतना फैलाउने कार्यक्रम गर्नेछु ।
३. युवाहरुमा ग्यम्ब्लिंग र पोकिज जस्ता कुराको लत देखिन सक्ने हुँदा त्यस सम्बन्धि जनचेतना जगाउने कार्यक्रम गर्ने छु ।
४. पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो हुँदै भएको छ , त्यसलाई मध्यनजर गर्दै एनआरएनए अभियानमा जोडिन चाहने सबैलाई पहुच गराउने छु ।
५. हामी प्रबिधियुक्त देशमा बसेका छौ त्यसैले हरेक सदस्यले घर मै बसेर अनलाईन भोटिंग गर्न पाउने ब्यबस्था एसै बर्ष देखी सुरुवात भयको छ यसलाई अझै प्रविधि मैत्री बनाउन विशेष दिनेछु ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार