घण्टौँ पछि एकतर्फी खुल्यो पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग !

गैरा नजिकै शनिवार बिहान ८ बजेतिर पहिरो खस्दा अवरुद्ध राजमार्ग घण्टौँ पछि खुल्यो

पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग
फाइल तस्बिर

डडेल्धुरा: पहिरोले अवरुद्ध भीमदत्त राजमार्गमा करिब ९ घण्टापछि एकतर्फी रूपमा खुलेको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ गैरा नजिकै शनिवार बिहान ८ बजेतिर पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।

सुदूरपश्चिमका सात पहाडी जिल्लाका एक मात्र राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु बीचबाटामै रहेका छन्। माथिबाट रुखसँगै ठूल्ठूला ढुङ्गाहरू सडकमा खसेका थिए।

पहिरो हटाउनका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले डोजर पठाएको छ। सानो डोजर पठाएकोले पहिरो हटाउन समय धेरै लागेको बताइएको छ।

पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्गमा मोड सुधार योजनाले काम अगाडी बढेको छ। वर्षातमा काम गर्दा राजमार्गमा दैनिक जसो पहिरो जाने गरेको छ। पहिरो र हिलाम्य भएकाले यो राजमार्ग जोखिम पूर्ण बन्दै गएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार