निर्मला पन्त हत्याको ३ वर्ष पूरा, न्याय माग्दै माइतीघरमा प्रदर्शन

२०७५ साउन १० गते भएको घटनाको आइतबार तीन वर्ष पूरा

निर्मला पन्त हत्याको ३ वर्ष पूरा, न्याय माग्दै माइतीघरमा प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । २०७५ साउन १० गते भएको घटनाको आइतबार तीन वर्ष पुगेको छ ।

तर, घटनाको तीन वर्ष पूरा हुँदासमेत सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको हो । उनीहरुले मुलुकमा महिला हत्या हिंसाको घटनामा कमी नआएको भन्दै नाराबाजी गरे ।

त्यस्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले संविधान नै संशोधन गरी बलात्कार र हत्या गर्नेलाई फासीको सजाय दिनुपर्ने माग गरे । घर नजिकै रहेको उखुबारीमा साउन ११ गते निर्मलाको शव भेटिएको थियो ।

पोष्टमार्टम रिपोर्टमा निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार