तपाईंमा यस्तो लक्षण देखियो ? तपाईं तनावमा !

तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ ।

तपाईं तनावमा

तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ ।

  • कपाल झर्नु

तनावका कारण कपाल झर्न शुरू गर्छ । कपाल धेरै झरेमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

  • तौल बढ्नु वा कम हुनु

तनाव अर्थात् डिप्रेसनले तपाईंलाई थाहै नदिई तौलमा तलमाथि पारिरहेको हुन्छ । तपाईंको भोक कम हुँदै जान्छ र कहिलेकाहीँ त ह्वात्तै बढ्छ ।

  • कामेच्छामा परिवर्तन

तनावका कारण कामेच्छामा परिवर्तन आउन थाल्छ ।

  • निद्राको कमी

निद्रामा कमी आउनु पनि तनावको एक संकेत हो । व्यक्ति सुत्ने बेलामा पनि सोचविचार गरिबस्छ र यो तनावको मुख्य कारण हो । यसकारण उसलाई कि त निद्रा लाग्दैन कि त घन्टौं निद्रा लाग्छ ।

  • मूड परिवर्तन

कुनै काम गर्न मन नलाग्ने, केहीमा रुचि नहुने, कुनै कुराले खुशी नदिने र पीडाको अनुभव पनि नहुने स्थिति आएमा तनाव भएको थाहा हुन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार