आर्थिक वर्ष २०७७/७८ मा कैलालीमा ३२४ वटा सडक दुर्घटना, कुन महिना कति (विवरण सहित)

सडक दुर्घटना
कैलाली: गएको आर्थिक वर्ष २०७७ /७८ मा कैलालीमा ३२४ वटा सडक दुर्घटना घटेका छन्  ।  जसमा ४१० वटा सवारी साधनहरू दुर्घटनामा परेका हुन् ।
गएको  आर्थिक वर्ष २०७७ /७८ मा कैलालीमा ४१० वटा सवारी साधनहरू  दुर्घटनामा संलग्न रहेकामा सबैभन्दा बढी  २८८ वटा मोटरसाइकलहरू  सवारी दुर्घटनामा संलग्न रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको  सडक दुर्घटना सम्बन्धी  तथ्याङ्कमा उल्लेख गरिएको  छ  ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार  कैलाली जिल्लामा मात्रै गएको आर्थिक बर्स २०७७ / ७८ मा ६९ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।  कैलालीमा सडक दुर्घटनामा परि ज्यान गुमाउनेहरूमा ५१ जना पुरुष , १५ जना महिला र ३ जना बालक रहेका छन् ।
यस्तै गएको आर्थिक बर्समा कैलालीमा ३१५ जना सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् भने ३८० जना साधारण घाइते भएका छन् ।  गएको आर्थिक बर्समा ९ वटा चौपायाहरूको सडक दुर्घटनामा परि मृत्यु भएको छ भने ४ वटा चौपायाहरू घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार