दार्चुलामा महाकाली नदी किनारमा एक महिलाको शव फेला !

नदी किनारमा एक महिलाको शव फेला

नदी किनारमा एक महिलाको शव फेला
फाइल तस्बिर

दार्चुला :   महाकाली नगरपालिका–५ गल्फै स्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

मङ्गलवार मध्यान्ह १२ बजेतिर अन्दाजी ३०÷३५ वर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

गस्तीमा खटिएको प्रहरी टोलीले नदी किनारमा महिलाको शव देखेको थियो । अहिले प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको नेतृत्वमा टोली परिचालन भई घटनास्थल मुचुल्का तयार गरी शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ । शवको पहिचान खुलेको छैन । शव महाकाली नदिले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार