भरुवा बन्दुकसहित बाजुरामा एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुक
फाइल तस्विर

बाजुरा: बाजुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको जगन्नाथ गाउँपालिका–६ स्थित सिमलेकबाट एकनाले भरुवा बन्दुकसहित सोही वडाको मनीकाडा गोत्रीका ४२ वर्षीय ऐनबहादुर रावल पक्राउ परेका प्रहरीले बताएको छ।

लेकको खर्कमा भरेर राखेको अवस्थामा बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक धनदेव साउँदले बताए। रावललाई बिहीबार जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार