प्रचण्ड र माधवको जालमा फस्दै देउवा !

१७ वटा मन्त्रालय नेतृत्वविहीन

प्रचण्ड, माधवकुमार र देउवा

काठमाडौं: कोरोनाभाइरस संक्रमणका कारण मुलुक गम्भीर मोडमा छ । मुलुकको शिक्षा अवस्था नाजुक बन्दै गएको छ । अर्थतन्त्र आरोलो लाग्दैछ । स्वास्थ्य क्षेत्रमा व्यापक लगानी गरेर जनताको जीवन रक्षा गर्नुपर्ने दायित्व राज्यको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएका लकडाउन र निषेधाज्ञाले नाजुक बन्दै गएको आर्थिक अवस्थाका कारण मानिसमा डिप्रेसन देखिन थालेको छ । तर, यस विषम परिस्थितिमा अमूक व्यक्तिलाई सरकार लैजाने बाहनामा १७ वटा मन्त्रालयलाई नेतृत्वविहीन अवस्थामा राखिएको छ ।

जनहितमा काम गर्न नसकेको, कोरोना नियन्त्रणमा प्रभावकारी कार्य नगरेको, लकडाउनका कारण मारमा परेका जनतालाई राहता उपलब्ध गराउन नसकेको, विधि र प्रक्रिया मिचेर स्वच्छचारी ढंगले अघि बढेको भन्दै केपी शर्मा ओली सरकारलाई विस्थापित गरेको अहिले गठबन्धन सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएर पदभार गरेको आज शुक्रबार १८औँ दिन हो । तर, कोरोना संक्रमण नियन्त्रण तथा खोपको व्यवस्थापनका लागि युद्धस्तरमा काम गर्नुपर्ने स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीमात्रै नियुक्त गरिएको छ ।

यसको अलवा गृह, कानुन, अर्थ र ऊर्जा मन्त्रालयले मन्त्री पाए पनि बाँकी मन्त्रालयले विभागीय मन्त्री पाएका छैनन् । बाँकी सबै मन्त्रालय प्रधानमन्त्री आफैँले हेरिरहेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइको कारण प्रतिपक्षी दल एमालेको नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रतिक्षा गरिएको देखिएको छ ।

बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री देउवाले तयारी गरे पनि नेपाल समूहलाई पर्खनुपर्ने प्रचण्डको सुझावपछि रोकिएको राजनीतिक वृत्तमा चर्चा छ ।

सरकारमा जाने वा नजाने यतिका दिनसम्म निर्णयमा नपुग्ने माधवकुमार नेपाल र नेपाल समूहलाई सरकार सहभागी गराउन पर्खनुपर्ने प्रचण्डको अडानलाई कतिपयले देउवा सरकारलाई पनि असफल बनाउने रणनीति त होइन भन्ने राजनीतिक वृत्तमा शंका उत्पन्न हुन थालेको छ ।

आफ्नै पार्टीको निर्देशनविपरीत देउवालाई प्रधानमन्त्री बनाएका नेता नेपाल सरकारमा सहभागी भए कारबाहीमा परिने त्रासमा रहेका छन् । यदी कारबाही गरेमा आफूसहित जनप्रनिधिहरुको पद गुम्नेछ । तर, उनलाई जसरी पनि सरकारमा सहभागी गराउनु पर्ने रणनीतिमा प्रचण्ड छन् ।

दुई हप्ता नाघिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नहतारिएपछि देउवा सरकार कतै असफल बनाएर आगामी निर्वाचनको परिणाम आफू अनुकूल बनाउने माधवकुमार र प्रचण्डको रणनीति त होइन भन्ने आशंका राजनीतिक वृत्तमा उठेको छ ।

अस्थिर राजनीतिज्ञको परिचय बनाए प्रचण्डले २०७४ सालमा पनि देउवासँगको सहकार्य तोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता गर्ने गरी सहमति गरेका थिए । -क्यानाडा नेपालबाट 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार