पहिरो कारण महाकाली लोक मार्ग अवरुद्ध !

धरमघरमा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि लोकमार्ग अवरुद्ध

पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग
फाइल तस्बिर

बैतडीः पहिरो कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ। महाकाली लोकमार्गको सतबाँझ –गोकुलेश्वर सडक खण्ड अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघरमा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि लोकमार्ग अवरुद्ध भएको हो।

लोकमार्ग अवरुद्ध हुँदा सैयौ गाडी र यात्रु बीचबाटोमै अलपत्र परेका छन्। पहिरो पन्छ्याउनका लागि जेसीबी लगाएर काम भईरहेको भएपनि अझै एक दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ।

महाकाली लोकमार्गको धरमघरमा बेलाबेलामा पहिरो खस्दा सवारी साधन सञ्चालनमा समस्या भएको छ। मोड सुधार कार्यक्रम अन्तर्गत सडक काटिएपछि सो ठाउँमा पहिरो खस्न थालेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार