राष्ट्रिय किशोर सञ्जाल गठन, सुदूरका विजयराज जोशी अध्यक्ष चयन !

सीआरसी एसियाको सहयोग र सिविन नेपालको आयोजनामा किशोरहरूको पहिलो राष्ट्रिय भेला सम्पन्न

सुदूरका विजयराज जोशी अध्यक्ष चयन

धनगढीः सीआरसी एसियाको सहयोगमा सिविन नेपालको आयोजनामा भइरहेको किशोरहरूको पहिलो राष्ट्रिय भेलाले किशोरहरू आफूले र आफ्नो क्षेत्रका किशोरहरूले भोगिरहेका समस्या, किशोरहरूको अहिलेको आवश्यकता, विद्यमान कानुनमा भएका अन्यौलतालगायतका बारेमा जिज्ञासा राखेका छन् ।

किशोरहरूले राखेका जिज्ञासा र समस्याका बारेमा किशोरहरू आफैमा र सिविन नेपालका विषयगत दक्षता भएका कर्मचारीहरूबिच छलफल भएर भेला सम्पन्न भएको छ। दुई दिने भेला सकिए सँगै राष्ट्रिय किशोर सञ्जाल समेत गठन भएको छ।

समग्र राष्ट्रिय किशोर सञ्जालको पहिलो कार्यसमिति चयन गर्दै किशोरहरूको राष्ट्रिय भेला सकिएको छ । सुदूरपश्चिम प्रदेशका विजयराज जोशी अध्यक्ष, गण्डकी प्रदेशका निर्देश सुबेदी उपाध्यक्ष, एक नम्बर प्रदेशका विशाल कटुवाल सचिव, कर्णाली प्रदेशका विनोद अधिकारी उपसचिव र लुम्बिनी प्रदेशका विजय श्रेष्ठ कोषाध्यक्षमा चयन हुनुभएको छ ।

सातै प्रदेशका ७७ जिल्लाका किशोरहरूको राष्ट्रिय भेलाले सञ्जालको २१ सदस्यीय कार्य सदस्य समेत चयन गरेको छ । हरेक प्रदेशबाट ३र३ जना गरी २१ सदस्यलाई भेलाका सहभागी किशोरहरूले प्रजातान्त्रिक पद्धतिबाट चयन गरेका हुन् ।

२१ सदस्यीय कार्यसमितिमा प्रदेश नम्बर १ बाट इलामका दीपेन्द्र गौतम, खोटाडका पवन खत्री र धनकुटाका विशाल कटुवाल, प्रदेश नम्बर २ बाट महोत्तरीका सरोज श्रेष्ठ, सिराहाका विशाल साह र सप्तरीका सजन कुमार यादव ,बागमती प्रदेशबाट काभ्रेका शिशिर सापकोटा, धादिङका आयुष रिजाल र चितवनका आदर्श तिवारी, गण्डकी प्रदेशबाट स्याङ्जाका सुदीप पौडेल, कास्कीका निर्देश सुवेदी र तनहुँका मिलन क्षेत्री ,लुम्बिनी प्रदेशबाट बाँकेबाट सुरज गुरुङ, गुल्मीका प्रवेश पौडेल र नवलपरासीका विजय श्रेष्ठ , कर्णाली प्रदेशबाट पश्चिम रुकुमका जीवन ओली, सुर्खेतका कृष्ण अधिकारी र दैलेखका विनोद अधिकारी तथा सुदूर पश्चिम प्रदेशबाट डडेलधुराका खेमराज जोशी, कैलालीका विजयराज जोशी र कञ्चनपुरका शेखर नाथ कार्यसमिति सदस्यमा चयन भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार