सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा टीकापुरमा एक वृद्धको मृत्यु

मृत्यु

धनगढीः कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ। टीकापुर नगरपालिका –८ का ७६ वर्षका नरबहादुर साउँदको मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले जानकारी दिए।

सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका वृद्ध साउँद एक्कासी बिरामी परेका थिए । उनी स्वास्थ्य अवस्था असहज भएपछि वडा कार्यालय हाता भित्रै रहेको चौतारामा सुतेका थिए। उनलाई उपचारका लागि स्वास्थ्य केन्द्र पुर्याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ठकुल्लाले बताए।

वडाध्यक्ष ठकुल्लाका अनुसार उनी केही समयदेखि बिरामी थिए। उनलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताईएको छ। मृतक वृद्धले सामाजिक सुरक्षा भत्ता समेत बुझ्न पाएनन्। वडाध्यक्ष ठकुल्लाले बैंकमा लामो समय कुर्नुपर्ने भएपछि सामाजिक सुरक्षा भत्ता वितरण सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयबाटै सुरु गरेको जानकारी दिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार