मुख्यमन्त्री भट्टद्वारा होल्डिङ सेन्टरको अनुगमन, नेपाली सेनाको तारिफ सँगै समयमै काम सक्न निर्देशन !

धनगढीस्थित त्रिनगर नाकामा बन्दै गरेकाे हाेल्डिङ सेन्टरको अनुगमन

मुख्यमन्त्री भट्टद्वारा होल्डिङ सेन्टरको अनुगमन

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीस्थित त्रिनगर नाकामा बन्दै गरेकाे हाेल्डिङ सेन्टरको अनुगमन गरेका छन् । निर्माणको जिम्मा पाएको नेपाली सेनाको काम राम्रो रहेको भन्दै उनले तोकिएको समयभित्रै सक्न समेत निर्देशन गरे ।

अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले भवन निर्माणसँगै हाेल्डिङ सेन्टरलाई आवश्यक पर्ने अन्य सामाग्रीहरु के के चाहिन्छन् याेजनासहित प्रदेश सामाजिक मन्त्रालयमा बुझाउन स्थानीय धनगढी उप-महानगरलाई आग्रह गरेका छन् । साेही क्रममा स्थानीय जनप्रतिनिधी तथा समाजका अगुवाहरुले नदी कटानले जाेखिम पारेकाे देखाउदै स्थायी तटबन्धनकाे माग गरेका थिए ।

स्थलगत अवलाेकनमा रहेका मुख्यमन्त्री भट्टले मोहना नदी कटान जोखीम न्युनिकरणका लागि ७ सय मिटर नदी नियन्त्रण कार्य गर्ने प्रतिवद्धता गरेकाे ३ नम्वर वडाका वडाअध्यक्ष बलवहादुर ऐरले बताए ।

अनुगमनमा मुख्यमन्त्री भट्टसँगै सामाजिक विकासमन्त्रि लालवहादुर खडका, धनगढी उप-महानगरपालिका प्रमुख नृपवहादुर वड, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुखहरु, धनगढी वार्ड नं ३ का वाडअध्यक्ष  वलवहादुर ऐर तथा जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाहरुको सहभागिता रहेकाे थियाे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार