SKIP THIS

धनगढी उप-महानगरपालिका

‘रक्तदान जीवनदान’ साउन २३ गते रक्तदान कार्यक्रममा सरिक हुन बैतडी समाज कैलालीको आग्रह !

बैतडी समाज कैलालीले धनगढीमा छैटौं बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने

बैतडी समाज कैलाली

धनगढी: बैतडी समाज कैलालीले धनगढीमा छैटौं बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । ”रक्तदान जीवनदान” भन्ने नारा सहित बैतडी समाज कैलालीले यही साउन २३ गते धनगढीमा छैटौं बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।

पछिल्लो समय धनगढीका स्वास्थ्य संस्थामा देखिएको रगत अभावलाई मध्येनजर गर्दै धनगढीमा छैटौं बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको बैतडी समाज कैलालीले जनाएको छ । रगत नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यका साथ बैतडी समाज कैलालीले यही साउन २३ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको रक्तदान कार्यक्रमका संयोजक राजु चन्दले जानकारी दिए ।

उनले यही साउन २३ गते बिहान साढे ७ बजेदेखि धनगढी स्थित समाजको सचिवालय रहेको पदमा नर्सिङ्ग कलेजको प्राङ्गणमा हुने रक्तदान कार्यक्रममा सहभागी भई रगत दान गर्दै जीवन दान गर्न सबैमा आग्रह समेत गरेका छन् । यो विषम परिस्थितीमा रगत अभाव भईरहेको हुदाँ आफुहरुको नियमित कार्यक्रम अनुसार रगत अभावलाई सहज बनाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक राजु चन्दले बताए ।

बैतडी समाज कैलालीले यसभन्दा अगाडी पाँचौ पटक रक्तदान कार्यक्रममको आयोजना गरिसकेको छ । समाजले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जना, दोस्रो पटक ८८ जना, तेस्रो पटक १२२, चौथों पटक १३७ र पाँचौ पटक १०७ जना गरी ५३१ जनाले रक्तदान गरिसकेका छन ।

बैतडी समाज कैलालीले बर्षको दुई पटक रक्तदान कार्यक्रम र एक पटक पुख्यौली थलो बैतडीको दुर्गम ठाउँमा हरेक वर्ष बृहत स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । तर यसपटक कोरोना महामारीले पुख्यौली थलो बैतडीको दुर्गम ठाउँमा सञ्चालन गरिने स्वास्थ्य शिविर आयोजना गर्न नसकिएको बैतडी समाजले जनाएको छ ।

बैतडी पुख्यौली घर भई कैलालीमा बस्दै आएकाहरुले संगठीत भई स्थापना गरेको बैतडी समाज बेला बखत विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार