एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय समन्वय समिति सदस्यमा बैतडीका चन्द विजयी !

साउथ अस्ट्रेलियामा नेपाली समाजको जनसङ्ख्या बढ्दै

बैतडीका चन्द

एन आर एन ए अस्ट्रेलियाको राष्ट्रिय समन्वय समिति सदस्यमा सुदूरपचिमका पुजेन्द्र बहादुर चन्द विजयी भएका छन् । आज भएको निर्वाचनमा चन्द विजयी भएका हुन ।

साउथ अस्ट्रेलियामा नेपाली समाजको जनसङ्ख्या बढ्दै गइरहेको अवस्था छ । यसलाई अझ राम्रो सामाजिक वातावरणको सृजना गर्न आफूले उम्मेदवारी दिएको उनले जानकारी दिएका थिए।

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नम्बर ४ बसंल्ला स्थायी घर भएका चन्द हाल अस्ट्रेलियामा बस्दै आएका छन् । साउथ अस्ट्रेलियामा नेपाली समाजको जनसङ्ख्या बढ्दै गइरहेको अवस्थामा सबैलाई एकताबद्ध बनाउन उनको योजना छ । साथै सबैको हक हितमा काम गर्नकालागी एन आर एन ए मा आएको चन्दले जानकारी समेत दिएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार